कोरोना भाइरस नेपाल: १२ सातामा पशुपतिनाथ मन्दिरलाई १० करोड रुपैयाँ घाटा

कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण लागु लकडाउनका कारण पशुपतिनाथ मन्दिर बन्द छ।

पशुपतिनाथको मूल मन्दिर र अन्य मन्दिरमा नित्यपूजा जारी रहे पनि विशेष पूजा, भेटी, चन्दा तथा पर्यटक प्रवेश शुल्क मुख्य आयस्रोत बन्द भएकोले आयमा घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

गत जेठ मसान्तसम्म १० करोडभन्दा बढी घाटा भइसकेको भन्दै कोषले भिडभाड नहुने गरी विशेष सुरक्षा व्यवस्था अपनाएर मन्दिर खोल्ने तयारी गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *