कोरोना भाइरस: के ब्रजिलमा खोपलाई जित्ने भाइरस उत्पत्ति भइरहेका छन्?

कोभिड फैलिरहेकै बेला खोपको पहिलो मात्रा लगाएका मानिसहरू खोप नलगाएका मानिसहरूसँग मिसिरहँदा त्यसले नयाँ प्रकारका कोरोनाभाइरसका लागि ‘बलियो उत्पत्तिको धरातल’ तयार पार्ने र हालका खोप प्रभावकारी नहुने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

यो खास गरी त्यस्ता ठाउँका लागि चिन्ताको विषय बनेको छ जहाँ सङ्क्रमण उच्च दरमा र खोप वितरणको काम सुस्त रहेको छ।

ब्रजिलमा पी.१ भनिएको एउटा शक्तिशाली प्रकारको कोरोनाभाइरस फैलिरहेको छ। पी.१ अहिलेसम्म २५ भन्दा धेरै देशमा देखा परिसकेको छ।

नयाँ उत्परिवर्तनको अनुगमन गरिरहेका विज्ञहरूले ब्रजिलमा त्यसले ‘हटस्पट’ बनाएर भयानक रूप लिन सक्ने बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *