कोरोना अपडेट : २४ घण्टामा १७१ संक्रमित, २२७ निको, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा बिहीबार थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७७ जना रहेको छ ।

हालसम्म २० लाख ८५ हजार ५७३ पीसीआर परीक्षण भएको मन्त्रालयको बताएको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ सय २७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६७ हजार २ सय ९२ पुगेको छ ।

मृतकको संख्या २ हजार ३३ पुगेको छ । २४ घण्टामा भने कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *