कोरोनाभाइरसको महामारी व्यापक रूपमा बढिरहँदा भारतका मसानघाट र समाधिस्थलमा ठूलो चाप परिरहेको छ।

भर्खरै ब्रजिललाई उछिन्दै भारत विश्वमा दोस्रो धेरै प्रभावित देश बनेको छ। सङ्क्रमणको सुनामीले देशलाई हल्लाइदिएको छ र अस्पतालहरूलाई किनारमा पुर्‍याइदिएको छ। त्यहाँ दैनिक १,००० जनाको कोभिड-१९ का कारणले मृत्यु हुने गरेको छ।

“दैनिक ५०-६० जनाको अन्त्येष्टि गर्छौँ”

भारतको निकै प्रभावित राज्य महाराष्ट्रमा बढ्दै गएको मृत्युका कारण दाहसंस्कारका लागि स्मशानघाटहरूले अतिरिक्त समय दिइरहनुपरेको छ। पुनेस्थित सरकारी शवदाहगृहका कर्मचारी वरुण जङ्गम भन्छन्, “अहिले दिउँसोको १ बजेको छ र हामीले २२ वटा शवको अन्त्येष्टि गरिसक्यौँ।” प्रत्येक दिन आफूहरूले ५० देखि ६० वटा शवको दाहसंस्कार गर्ने गरेको उनको भनाइ छ।

भारत एप्रिल महिनाको सुरुबाट घातक दोस्रो लहरको चपेटा परेको छ। भारतमा एप्रिल १५ तारिखयता दिनहुँ दुई लाखभन्दा धेरै सङ्क्रमित देखा परेका छन्। जुन गत वर्ष सङ्क्रमण उच्चबिन्दुमा पुग्दाको भन्दा धेरै सङ्ख्या हो। त्यसबेला दैनिक सरदर ९३,००० जना सङ्क्रमित हुने गरेका थिए। राजधानी दिल्लीसहित नराम्ररी प्रभावित मुम्बई, लखनऊ र अहमदाबादजस्ता सहरका अस्पतालहरू कोभिडका बिरामीको उपचार गर्न सङ्घर्ष गर्नु परिरहेको छ। कैयौँ राज्यहरूमा कोभिड वार्ड र आईसीयूमा शय्याको ठूलो अभाव रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *