भारत कोरोनाभाइरस महामारीको दोस्रो ठूलो लहरको चपेटामा छ तर त्यहाँको सरकार अब केही क्षेत्रमा भाइरसको सङ्क्रमण दर केही सुस्त हुन थालेको सङ्केत देखिएको भन्दै छ। मार्च महिनाको मध्यबाट सुरु भएको भारतमा सङ्क्रमणको उच्च दर तीव्र गतिमा बढेर गयो। एप्रिल ३० तारिख शुक्रवार यो दैनिक चार लाख सङ्क्रमणको उच्च विन्दुमा पुग्यो। त्यसपछिका दिनहरूमा यो दर केही कम भएको देखिँदा मे ३ तारिख सोमबार तीन लाख साठी हजार रह्यो। तर विगत केही दिन यता दैनिक सङ्क्रमण दर फेरि बढ्न थालेको देखिएको छ। जुन सामान्यतया सोमबारको दिन सङ्क्रमण दरको तथ्याङ्क घट्ने प्रवृत्ति देखिएको साप्ताहिक उतारचढावको चरित्रसँग मिल्छ। ५ मे बुधवार दैनिक सङ्क्रमणको सङ्ख्या नयाँ सर्वाधिक उच्च विन्दुमा पुग्यो, चार लाख १२ हजार।
Related Posts
कोरोना संक्रमण समुदायमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय
- Editor
- July 17, 2020
- 0
स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोनाको […]
अफगानिस्तानका दुई प्रान्तमा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन्
- Editor
- May 19, 2021
- 0
गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए । आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । […]
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ
- Editor
- April 16, 2021
- 0
राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथेले दिनुभएको राजीनामा स्वीकारेपछि क्लाउडलाई नियुक्ति दिनुभएको हो । मोइसे ट्विटरमार्फत अब सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र […]