कोरोनाबाट एक भारतीयसहित थप ३ जनाको मृत्यु

 नेपालमा कोरोना संक्रमणबाट एक भारतीयसहित थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका बस्‍ने ६५ वर्षीय भारतीय नागरिक छ्न् । कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी मुटु तथा मधुमेहका रोगी थिए ।

त्यसैगरी धनुषा सहिद नगरपालिका वडा नं ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको साउन ११ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।

त्यसका साथै मृत्यु हुनेमा बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुष रहेका छन् । उनको मृत्यु त्रिवि शिक्षण अस्प्तालमा उपचारका क्रममा साउन १२ गते मृत्यु भएको हो । उनी मिर्गौला, मष्तिष्कघात तथा निमोनियाबाट ग्रस्त थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *