कोभिड नेपाल: कुल मृतक सङ्ख्या छ हजार नाघ्यो

मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २३,२२६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यससँगै कुल मृतकको सङ्ख्या छ हजार नाघेको छ। अहिलेसम्म नेपालमा ६,०२४ जनाको कोभिडका कारण मृत्यु भइसकेको छ।

शुक्रवार काठमाण्डू जिल्लामा १,७५२ जनामा तथा भक्तपुरमा २९५ र ललितपुरमा ४०० जनामा कोभिड-१९ पुष्टि भएको हो।

केही दिनदेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७,६९७ जना संस्थागत आइसोलेशनमा र बाँकी जना घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

अहिले उपत्यकाका तीन जिल्लामध्ये काठमाण्डूमा २२,१९३ जना, ललितपुरमा ६,८५६ जना र भक्तपुरमा ४,८६४ जनामा सक्रिय सङ्क्रमण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *