चीनले कोरोनाभाइरस मानिसबाट मानिसमा सर्छ भनी पुष्टि गरेको पाँच हप्ता मात्र भएको बेलामा पेटेन्ट दर्ता गराइएको हो । चोउले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरूसँग नजिकै बसेर काम गरेको पनि बताइएको छ । चमेराहरूमा कोरोनाभाइरसको अनुसन्धान गर्ने प्रयोगशालाकी उपनिर्देशक शी चङ्लीसँग पनि उनको साँठगाँठ थियो । भाइरस प्रयोगशालाबाट चुहिएको भन्ने अनुमानले बल पाइरहेको बेलामा उनीहरूको सम्बन्धबाट चीनसँग मानिसहरूमा संक्रमण हुने विषयमा जानकारी रहेको र पछि बल्ल उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई बताएको पाइएको छ ।
चोउ पेटेन्ट दर्ता गरेको तीन महिनाभन्दा कम समयमा बितेका थिए । उनी चीनको अग्रणी वैज्ञानिक भए पनि उनको मृत्युको खबर एउटा चिनियाँ सञ्चारमाध्यमले मात्र दिएको द न्युयोर्क पोस्टले खबर दिएको छ ।
चोउले मिनेसोटा विश्वविद्यालय तथा न्युयोर्क ब्लड सेन्टर लगायत अमेरिकी संस्थासँग मिलेर अनुसन्धान गरेका थिए ।