केरलामा दुई टुक्रा भएको एअर इन्डिया एक्सप्रेसको उडानका एक यात्रु दुर्घटनाअघिको अन्तिम क्षण यसरी सम्झिन्छन्

गत साता भारतको केरलामा भएको विमान दुर्घटनामा बच्न सफल एक यात्रुले बीबीसी तमिलसँग कुरा गर्दै दुर्घटना अगाडिको नाटकीय क्षणको वर्णन गरेका छन्।”हामीले स्पीकरमा विमानचालको आवाज सुन्यौँ। उनले ‘क्यालिकट ल्यान्ड’ भनेको सुनियो, तर वाक्य पूरा हुन पाएन। त्यसको दुई वा तीन मिनेटपछि हाम्रो दुर्घटना भयो।”अगस्ट ७ को रातलाई यूजिन युसुफ यसरी सम्झन्छन्।

उनी कोझिकोड (पुरानो नाम क्यालिकट) विमानस्थलमा प्रतिकूल मौसमका कारण धावनमार्गबाट चिप्लिएको एअर इन्डिया एक्सप्रेसको विमानमा रहेका १९० मानिसमध्ये एक हुन्। दुई विमान चालकसहित १८ जनाको मृत्यु भएको सो दुर्घटनामा विमान दुई टुक्रा भएको थियो।विमानको पछिल्लो भागमा बसेका युसुफलाई चोट लाग्यो, तर उनको ज्यान जोगियो।उक्त दुर्घटना यो दशकमा भएको भारतीय यात्रुवाहक विमानको सबैभन्दा नराम्रो दुर्घटनामध्ये एउटा थियो। तर एक अधिकारीले धेरै जनाको मृत्यु नहुनुलाई ‘चमत्कार’ भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *