केरलाको विमानस्थलमा यात्रुवाहक विमान नै दुई टुक्रा हुनेगरी कसरी भयो दुर्घटना

दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक दुर्घटनामा पर्दा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको अधिकारीहरूले बताएका छन्।

विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए।उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको उड्डयन अधिकारीहरूले बताएका छन्।भारतीय समाचारसंस्था पीटीआईका शनिवार बिहान एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या १८ पुगेको हो।स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *