केन्याका राष्ट्रपति दम्पतीलाइ कोरोनाको खोप

केन्याका राष्ट्रपति उहुरु केन्याटा र उहाँकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनु एको छ । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाउनुभएको हो । उहाँले लगाएपछि सरकारी अन्य उच्च अधिकारीहरुले पनि खोप लगाएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति केन्याटाले देशका सवै नागरिकलाई खोपप्रति विश्वास दिलाउन र आकर्षित गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको पनि बताउनुभयो । पछिल्लो १२ दिनमा हाम्रा अस्पतालहरुमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा ५२ प्रतिशतले बृद्धि भएको छ । यो बृद्धिदर एकदमै धेरै हो, राष्ट्रपति केन्याटाले भन्नुभयो ।
पूर्वी अफ्रिकी मुलुक केन्यामा गत मार्च २ मा अस्ट्राजेनिकाको १० लाख २० हजार खोप ल्याइएको थियो । आगामी जुन महिनासम्म पहिलो चरणको खोप अभियान जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिलो चरणमा खोपका लागि उच्च प्राथमिकतामा परेका समुदायलाई खोप लगाइने भएको छ । सरकारले खोप लगाउन प्राथमिकता निर्धारण गरेको छ । केन्यामा अहिलेसम्म एक लाख २६ हजार १७० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *