दुई महिनासम्म चल्ने उक्त मेलाको एउटा मुहूर्तमा मङ्गलवार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए। लाखौँ मानिसले बुधवार पनि पवित्र गङ्गा नदीमा स्नान गरेको अधिकारीहरूले बताएका छन्। भारतमा दैनिक कोरोनाभाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि उक्त तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन्। भारतमा गत वर्ष कोभिड महामारी सुरु भएपछि अहिलेसम्मकै सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि भएको छ।
कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ।
