कुख्यात अपराधीसँग प्रहरी मुठभेड, इलाकामा सनसनी

शीतलकुची ब्लकको नेप्रा गाउँमा गएराति एक कुख्यात अपराधीले प्रहरीसँग भिडन्त गरेका छन् । प्रहरीले कुख्यात अपराधीलाई पक्राउ गर्न ६ राउण्ड फायर गरेको छ । त्यसैले जवाफमा अभियुक्तले पनि अन्धाधुन्ध गोली हाने । घटनामा एक प्रहरी घाइते भएको बताइएको छ । हिजो राति अजिजुल मियाँ नामका कुख्यात अपराधी परिवारलाई भेट्न घर फर्केको खबर प्रहरीले पाएको थियो । अजिजुल मियाँ गाई तस्करी र गोली हानाहानलगायतका कैयौं मुद्दामा वान्टेड छन्। राति १०ः३० बजे शीतलकुची थानाका ओसी मृत्युञ्जय चक्रवर्तीको नेतृत्वमा ठूलो प्रहरी टोलीले अजिजुल मियाँको घर घेरा हालेको थियो । प्रहरीले ढोका ढकढकाएपछि अजिजुल मियाँ र उनका एक साथी घरको पछाडिको पर्खालमा चढे । आफूलाई प्रहरीले घेरेको थाहा पाएलगत्तै आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउन थाले । शितलकुची प्रहरी चौकीका प्रहरीले पनि पालैपालो ६ राउण्ड फायर गरेपछि अन्धकारको फाइदा उठाउँदै अजिजुल मियाँ फरार भएका थिए । घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *