किसान आन्दोलन समर्थकप्रति मोदी सरकार आक्रामक

भारतमा विगत ६ महिनादेखि जारी किसान आन्दोलनका समर्थकप्रति नरेन्द्र मोदी सरकार थप आक्रामक बन्दै गएको छ । त्यसै क्रममा शनिबार जलवायु अभियन्ता दिशा रविलाई पक्राउ गरिएको हो । उनको पक्राउपछि मोदी सरकारको कडा आलोचना भएको छ ।

रविलाई दिल्ली प्रहरीले शनिबार उनको गृहनगर बैंग्लोरबाट पक्राउ गरेको हो । रविमाथि अन्तर्राष्ट्रिस्तरमा भारतको छवि बिगार्ने गरी ‘टुलकिट’ तयार पार्ने कार्यमा संलग्न हुनुका साथै त्यसको प्रचारप्रसारमा सघाएको आरोप लगाइएको छ । दिल्लीको पटियाला हाउस अदालतले रविलाई आइतबार नै पाँच दिनको न्यायिक हिरासतमा पठाउने आदेश जारी गरेको थियो ।

यसअघि किसान आन्दोलनको समर्थन गरेकोमा राजनीतिज्ञ तथा लेखक शशि थरुर, वरिष्ठ पत्रकार राजदीप सर देसाईलगायतविरुद्ध पनि विभिन्न राज्यमा एफआईआर दायर गरिएको थियो ।

२१ वर्षीय रवि जलवायु अभियन्ताका रूपमा भारतभर परिचित छिन् । उनी ‘फ्राइडेज फर फ्युचर इन्डिया’ नामक वातावरणसम्बन्धी अभियानकी संस्थापक सदस्यसमेत हुन् । उक्त अभियानको सुरुवात विश्व चर्चित पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले सन् २०१८ मा गरेकी हुन् । अभियानले प्रत्येक साता वातावरणसम्बन्धी मुद्दामा कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *