कालिम्पोङको म्युजिकल कन्सर्टमा भागदौड हुँदा दुईको मृत्यु

भारतको  कालिम्पोङमा आइतबार राति आयोजित म्युजिकल कन्सर्टमा अचानक भागदौड मच्चिँदा दुई जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कालिम्पोङको मेला मैदानमा आयोजित कन्सर्टमा भएको भागदौडका क्रममा चार जना घाइते भएका छन् ।

कालिम्पोङ जिल्लाका प्रहरी प्रमुख हरिकृष्ण पाईका अनुसार भागदौडमा ६ जना घाइते भएका थिए जसमा दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भागदौडबाट ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बनिता गुरुङको मृत्यु भएको हो । उनीहरु दुवै कालिम्पोङको चन्द्रलोक क्षेत्रका बासिन्दा हुन् ।

काठमाडौं र दार्जिलिङका कलाकारहरुको सहभागितामा सांगितिक कार्यक्रम आयोजना भएको थियो । टिकट काउन्टरमा बाक्लो भीड थियो । मानिसहरू कार्यक्रममा प्रवेश गर्ने हतारोमा थिए । त्यही क्रममा अचानक भागदौड मच्चिएको र महिलाहरुलाई भीडले कुल्चिएको कालिम्पोङ नगरपालिकाका अध्यक्ष रवि प्रधानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *