कांग्रेस सांसद थरूर र पत्रकार सरदेसाईसहित ८ जनाविरुद्ध ‘राजद्रोह’को आरोप

भारतको उत्तर प्रदेशको नोएडा प्रहरीले कांग्रेस सांसद तथा लेखक शशी थरूर, वरिष्ठ पत्रकार राजदीप सरदेसाईसहित ८ जनाविरुद्ध जाहेरी (प्रथम सूचना रिपोर्ट) दर्ता गरेको छ ।

जनवरी २६ मा गणतन्त्र दिवसको अवसरमा हिंसा फैलाएको आरोपमा सांसद थरूर, पत्रकार सरदेसाई, नेसनल हेराल्डका समूह सम्पादक मृणाल पाण्डेय, उर्दू भाषाको अखबार कौमी आवाजका प्रधान सम्पादक जफर आगा र क्याराभान म्यागजिनका प्रधान सम्पादक तथा प्रकाशक परेशनाथ, सम्पादक अनन्त नाथ र कार्यकारी सम्पादक विनोद के जोसविरुद्ध हिंसा भड्काएको भन्दै इन्डियन पेनल कोडको विभिन्न धाराअन्तर्गत रहेर जाहेरी दर्ता गरिएको हो ।

त्यस्तै एक जना अज्ञात व्यक्तिका नाममा पनि जाहेरी दर्ता गरिएको छ । उत्तर प्रदेशको गौतमनगर जिल्लाको नोएडा सेक्टर–२० प्रहरी थानामा बिहीबार साँझ उक्त जाहेरी दर्ता गरिएको हो ।

जाहेरीमा माथि उल्लेखित व्यक्तिहरुले गणतन्त्र दिवसको अवसरमा किसानले निकालेको परेडमा हिंसा भड्काएको, दुई समूहबीच शत्रुता उत्पन्न गराउने काम गरेको, शान्ति व्यवस्थामा खलल पुऱ्याएको बताइएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *