कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्‍ने

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । शुक्रबार बिहान साढे १० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको सांसद मिनेन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार बैठकमा संसद् अधिवेशन लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बुधबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले संघीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो । संसद् बोलाउने संवैधानिक समयसीमा १५ दिन बाँकी छँदासमेत सरकारले विलम्ब गरिरहेको प्रति कांग्रेसले विरोध जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *