कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ । आचार्यले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको मंगलबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

सोमबार आचार्य र उनकी श्रीमती रमिला दुवैले कोरोना परीक्षण गराएका थिए । आचार्यले आफूहरु दुवैको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन् । उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

आचार्यले कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *