कतारमा १२ हजार श्रमिक लान अनुमति

नेपाली दूतावासले कतारमा १२ हजार जना नेपाली श्रमिक लैजान रोजगारदातालाई अनुमति दिएको छ । कोरोना महामारीपछि कतारी श्रम बजारको सुधारोन्मुख अवस्थालाई मध्यनजर गर्दै दूतावासले मागपत्र प्रमाणीकरण सुरु गरेको छ ।

दोहास्थित नेपाली दूतावासमा झन्डै १० महिनादेखि नयाँ श्रमिक लैजाने मागपत्रको प्रमाणीकरण रोकिएको थियो ।

‘मागपत्र प्रमाणीकरण सुरु भएपछि रोजगारदाता आउने क्रम बढेको छ । झन्डै तीन साताभित्र नै १२ हजार जना ल्याउन अनुमति पाइसकेका छन्,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कान्तिपुरसँग भने, ‘श्रमिक ल्याउने माग गर्दै दैनिक रूपमा रोजगारदाता दूतावास आइरहेका छन् ।’ नेपाली श्रमिकका लागि हाल कतार अनुकूल बनिरहेको उनले बताए ।

‘कोभिडपछि कतारको श्रम बजारको अवस्थालाई हामीले नजिकबाट नियालिरहेका थियौं । यहाँको राष्ट्रिय आयोजना नियमित रूपमै अगाडि बढे । श्रम बजारमा निकै ठूलो हलचल देखिएन बरु स्थानीय बजारमा श्रमिकहरू अभाव हुन थाल्यो,’ उनले भने, ‘कतारमा कोरोनाविरुद्धको खोप नै लगाउन सुरु भइसकेको छ । स्वास्थ्य मापदण्ड अनुसरण गरेर नयाँ श्रमिक ल्याउने प्रक्रिया सुरु भएपछि नेपाली श्रमिकको माग फेरि हुन थाल्यो ।’

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *