एसएफआई, डीवाईएफआईको जलपाईगुड़ी डीएम कार्यालय अभियान

बुधवार, भारतीय विद्यार्थी महासंघ र भारतीय प्रजातान्त्रिक युवा महासंघ द्वारा जलपाईगुडी डीएम कार्यालयमा 11 बुँदे माग अभियानको आयोजना गरियो। विद्यार्थीका लागि आधा बस भाडा, रिक्त पदमा अविलम्ब पारदर्शी भर्ना, भ्रष्टाचारमुक्त आवास योजना र १०० दिनको काम, चिया मजदुरको न्यूनतम पारिश्रमिक र जग्गाको हक लगायतका माग राखिएका छन् । स्थानीय समाज पाडा मोडास्थित मनिषी पञ्चानन बर्माको शालिक मुनिबाट र्‍याली निकालिएको थियो । त्यसपछि डिएमको कार्यालयमा ज्ञापनपत्र बुझाइएको थियो । विद्यार्थी संगठनको यो कार्यक्रमलाई लिएर क्षेत्रमा व्यापक प्रहरी ब्यबस्था मिलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *