शुक्रबार, 11 बुँदे मागको साथ उत्तर बंगाल राज्य यातायात कर्मचारी संघको तर्फबाट कुचबिहार डिभिजनल प्रबन्धकलाई ज्ञापनपत्र बुझाइएको थियो। संगठनको १६औँ महाधिवेशन यही फागुन २६ गते बहरामपुरमा हुने भएको छ । त्यस अभ्यासलाई ध्यानमा राख्दै, उत्तर बंगाल राज्य यातायात कर्मचारी संघले आज कुचबिहार, सिलगढी, रायगञ्ज र बहरामपुर डिभिजनका डिभिजनल प्रबन्धकहरूलाई ज्ञापनपत्र बुझायो। यस सम्बन्धमा उत्तर बङ्गाल राज्य यातायात कर्मचारी युनियनका कुचबिहार डिभिजनका सचिव रञ्जित धरले भने, उनीहरूका धेरै माग छन्, रिक्त पदमा कर्मचारी भर्ना, करारमा काम गर्ने मजदुरलाई स्थायी गर्ने र स्थायी नहुँदासम्म तलब २१ हजारमा बढाउनुपर्छ । उनीहरुले आफ्ना माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Related Posts
बोइङ-७७७ नउडाउन सुझाव
- Editor
- February 23, 2021
- 0
अमेरिकी विमान निर्माता कम्पनी बोइङले–७७७ मोडलका विमान नउडाउन सुझाव दिएको छ । बोइङले शनिबार डेनभरमा दुर्घटनाबाट जोगिएको जस्तो इन्जिन भएका विमानको परीक्षण गरिने र त्यसपछि मात्रै […]
सुचीविरुद्ध अर्को आरोप
- Editor
- April 3, 2021
- 0
म्यान्मारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुचीविरुद्ध अर्को मुद्दा लगाएको छ । ७५ वर्षीया सुचीमाथि ‘गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको’ आरोप लगाइएको छ । यो सुचीविरुद्ध लगाइएको […]
विधानसभा चुनाव परिणाम घोषित भएदेखि नै राज्यभर राजनीतिक हिंसा जारी छ।
- Editor
- May 5, 2021
- 0
अहिलेसम्म १ जना मानिस राजनीतिक हिंसामा मारिएका छन्। यसको साथसाथै तोडफोड र आगो लगाउने प्रक्रिया जारी छ। गत केही दिनमा राज्यको विभिन्न भागमा करीव १० […]