एकैदिन थपिए ६९ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा एकै दिन ६९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।योसँगै भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयले अहिलेसम्म देशभरि ३ करोड १७ लाखभन्दा बढीमा भाइरस परीक्षण गरिएको जनाएको छ । संक्रमित संख्याका आधारमा भारत हाल विश्वकै तेस्रो स्थानमा छ । पछिल्लो समय भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत राज्यमा भाइरसको संक्रमण थप तीव्र बन्दै गएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले अमेरिकामा एक लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *