इरानी कूटनीतिज्ञलाई २० वर्ष जेल

देशनिकाला गरिएकाहरुको समूहले फ्रान्समा आयोजना गरेको र्‍यालीमा आक्रमणको तयारी गरेका एक इरानी कूटनीतिज्ञलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

अस्ट्रियाको राजधानी भियनास्थित इरानी दूतावासमा कार्यरत ४९ वर्षीय असादोल्लाह असादीलाई बेल्जियमको एन्टर्पस्थित एक अदालतले २० वर्षको जेल सजाय सुनाएको हो । सन् १९७९ को इरानमा भएको क्रान्तियता युरोपेली संघअन्तर्गतका देशमा त्यस्तो मुद्दाको सामना गर्ने उनी पहिलो इरानी हुन् ।

उक्त मुद्दामा असादीसहित अन्य तीन जना पनि दोषी ठहरिएका छन् । उनीहरु चारै जना जर्मनी, फ्रान्स र बेल्जियमका प्रहरीको संयुक्त कारबाहीका क्रममा पक्राउ परेका हुन् । सन् २०१८ मा फ्रान्सको राजधानी पेरिसमा भएको र्‍यालीमा निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रुडी गिउलीयानीसहित दसौं हजार सहभागी भएका थिए । तेहरानले उक्त मुद्दा नियोजित रहेको दाबी गर्दै आएको थियो ।

लक्जमबर्गस्थित एक इरानी दम्पतीलाई भेटेका असादी त्यसको केही दिनपछि सन् २०१८ को जुनमा जर्मनीमा पक्राउ गरेका थिए । नसिमेह नामी र अमीर सादोउनीलाई प्रहरीले बेल्जियमको राजधानी ब्रसेल्सबाट नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *