इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या कम्तिमा ७६ पुगेको छ । साथै ४० भन्दा बढी हराइरहेका छन् ।बाढी प्रभावित क्षेत्रबाट ४०० भन्दा बढीलाई उद्वार गरी सुरक्षित स्थानतर्फ सारिएको छ । साथै बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन् ।बाढीबाट इस्ट टिमोरको राजधानी दिली पनि प्रभावित भएको बताइएको छ । जहाँ दर्जनौं घर र अन्य भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । इन्डोनेसियामा हरेक वर्ष बाढी पहिरोले ठूलो धनजनको क्षति हुने गरेको छ ।इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताए अनुसार यहाँ मात्रै कम्तिमा ५० जना मानिसको मृत्यु भएको छ । साथै ४० जना वेपत्ता छन् । देशको पूर्वी क्षेत्र नुसा तेंगारा प्रान्तमा बाढीले धेरै क्षति पर्याएको छ । कतिपय प्रभावित क्षेत्रमा पुल र सडक समेत भत्किएका छन् ।इन्डोनेसियाको छिमेकी इस्ट टिमोरमा भने पहिरोका कारण २१ जनाको मृत्यु भएको बताइएको छ । इस्ट टिमोरको राजधानी दिलीबाट मात्रै १५०० मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
Related Posts
ब्रजिलमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरूले केही बन्धकलाई गाडीमाथि बाँधेर लगे
- Editor
- August 31, 2021
- 0
ब्रजिलको एउटा सहरमा ब्याङ्कमा लुटपाट गरेपछि सशस्त्र डाँकाहरूले केही मानिसलाई आफ्नै गाडीमाथि बाँधेर लिएर भागेका छन्। देशको दक्षिणी भेगमा अवस्थित आराशाटुवामा भएको डकैतीका क्रममा कम्तीमा […]
ह्वाइट हाउस बाहिर प्रदर्शन: ‘बाइडेन तिमीले धोका दियौ’
- Editor
- August 16, 2021
- 0
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै अफगान नागरिकहरूले […]
जापानद्वारा राजधानी टोकियोमा आपतकाल हटाउने निर्णय
- Editor
- June 17, 2021
- 0
जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै […]