इन्डोनेसियामा ६२ जना यात्रु बोकेको विमान दुर्घटना

इन्डोनेसियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको विमान केही मिनेटमा नै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । 

जकार्ताबाट १० बालबालिकासहित ६२ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो । उक्त विमान २६ वर्ष पुरानो रहेको बीबीसीले जनाएको छ ।

स्थानीयहरूले केही व्यक्तिहरू पानी तैरिइरहेको देखिएको उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन् ।

विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको बीबीसीले लेखेको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *