इजरेल-प्यालेस्टिनी विद्रोहीबीच लडाइँ अन्त्य

युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ। प्यालेस्टिनी विद्रोही तथा इजरेलको सुरक्षा क्याबिनेटले इजिप्टको मध्यस्थतामा गरिएको युद्धविरामप्रति स्वीकृति जनाएका छन्। गाजामा विजयोत्सव मनाउन गोली चलाइएका आवाज आएका छन्। तर इजरेलतर्फ रकेट प्रहार रोकिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युद्धविरामको स्वागत गरेका छन्।

यसले मध्येपूर्वमा प्रगतिका निम्ति अवसर दिएको उनले बताएका छन्। युद्धविराम लागु हुनुअगावै बोल्दै उनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गरेको र लडाइँ अन्त्य गराएकोमा उनलाई बधाइ दिएको बताएका थिए। साथै बाइडनले युद्धविरामको मध्यस्थता गराएकोमा इजिप्टका राष्ट्रपति सीसीलाई पनि धन्यवाद दिएका छन्।

अमेरिका गाजामा मानवीय कार्यहरूको समर्थन गर्न कटिबद्ध रहेको उनले बताए।

ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले सबै पक्षलाई युद्धविराम स्थायी बनाउन आग्रह गरेका छन् ताकि सो क्षेत्रमा हिंसाको चक्र तोडियोस्।

तर इजरेलमा कैयन् दक्षिणपन्थी राजनीतिज्ञहरूले युद्धविरामको निन्दा गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *