आर्मीनीया र अजरबैजानबीच युद्ध सुरु भएको

आर्मीनीया र अजरबैजानबीच युद्धविरामको समय सुरु भएको केही घण्टामै ताजा लडाइँका विवरणहरू आएका छन् ।विवादित नगोर्नो काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम पड्किएको प्रत्यक्षदर्शी तथा आर्मीनीयाली सञ्चारमाध्यमले जनाएका छन्।यसअघि दुवै पक्षले एकअर्कामाथि बमबारीको आरोप लगाएका छन् ।

दुई साताको लडाइँपश्चात् दुवै देशले शुक्रवार मस्कोमा भएको वार्तामा अस्थायी युद्धविराम गर्न सहमति जनाएका थिए ।शनिवारदेखि नै लागु हुने भनिएको युद्धविरामको पालना गर्न आर्मेनिया तथा अजरबैजानलाई अन्तर्राष्ट्रिय अपील गरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *