आन्दोलनरत किसान र प्रहरीबीच झडप, दिल्लीमा तनाव

किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँदिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । मंगलबार बिहान दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आईटीओ, अक्षरधामलगायतका स्थानहरु तनावग्रस्त बनेको हो ।

विशेषगरी आईटीओस्थित दिल्ली प्रहरीको मुख्यालयको सामुन्ने नै आन्दोलनरत किसान र प्रहरीबीच झडप भएको छ । ट्रयाक्टरसहित पुगेका किसानहरुले बसलगायत सार्वजनिक सम्पत्ति तोड्ने र प्रहरीमाथि समेत आक्रमण गरेपछि परिस्थिति उग्र बन्न पुगेको हो । किसानहरुलाई रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको छ । तर, किसानहरुको संख्या धेरै भएका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परे सहितको भव्य कार्यक्रम चलिरहेकै बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरुले सरकारको विरोधमा ऱ्याली निकालेका हुन् । जबकि आन्दोलनरत किसान र प्रहरीबीच इन्डिया गेटको कार्यक्रम सकिएपछि १२ बजेपछि मात्र ऱ्याली निकाल्ने सहमति बनेको थियो । तर, त्यसविपरीत किसानहरुले मंगलबार बिहानैदेखि ऱ्याली निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *