आज अमेरिकालाई देखेर चीन र रुस हाँसिरहेका होलान् : मार्को रुबियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिङ्टनमा हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शनमा ४ जनाको मृत्यु भएको छ । अमेरिकी संसद्‍मा राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गर्न प्रक्रिया चलिरहेका बेला ट्रम्पको उक्साहटमा हिंसा भड्किएको भन्दै आलोचना भएको छ ।

अमेरिकामा मात्रै होइन, हिंसात्मक प्रदर्शनको आलोचना विश्वभरबाट भइरहेको छ । ट्रम्पकै रिपब्लिकन पार्टीका नेता तथा पूर्वराष्ट्रपतिले पनि आलोचना गरेका छन् । फ्लोरिडाबाट रिपब्लिकन पार्टीबाट सिनेटरमा निर्वाचित मार्को रुबियोले बुधबार राजधानी वासिङ्टनमा भएको हिंसाको कडा शब्दमा आलोचना गरेका छन् । उनले सदनमा भने, ‘म आफ्नो देश छोडेर अमेरिका आएकाहरुको बीचमा हुर्किएको हुँ । उनीहरु आफ्नो देशको तनावपूर्ण अवस्थाका कारण अमेरिका आएका थिए । त्यस्तै परिस्थिति आज हामीले यहाँ देखेका छौं ।’

उनले अगाडि भनेका छन्, ‘आज रुस र चीनजस्ता देश हामीलाई देखेर हाँसिरहेका होलान् । उनीहरु आजको घटनालाई लिएर अमेरिकाको मजाक उडाउलान् । आज जे भयो, त्यसलाई लिएर म भन्न सक्छु कि आज हामी आफ्नै देशमा लज्जित छौं । मलाई लाग्छ राजनीतिले हामीलाई पागल बनाइदिएको छ ।’

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *