आइसोलेसनमा बस्‍नेहरुले पनि टीका लगाएर मनाए दसैं

कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाई आइसोलेसनमै बसेकी ज्येष्ठ नागरिक वृद्धाले साइत अनुसार टीका लगाइदिएर आशिर्वाद दिएकी छिन् ।

टीका लगाइदिनका लागि इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बरालले दहीमा मुछेको टीका, जमरा, मीठाई लिएर इटहरी आइसोलेसन पुगेका थिए ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका कतिपयमा दसैंजस्तो चाडबाडमा परिवारबाट अलग रहनु पर्दा न्याश्रो हुने, मानसिक तनाव व्यहोर्नु पर्ने भएकाले आत्मबल बढाउन, सान्तवना दिन टीका, जमरा र मिठाइ लिएर आइसोलेसन सेन्टर पुगेको उपमेयर गौतमले बताइन् ।

उनले भनिन्,’चाडबाडको बेला आइसोलेसनमा बस्नु भनेको कति पीडादायी हुन्छ ? त्यो त आइसोलेसनमा बस्नेलाई मात्र थाहा हुन्छ । उनीहरुको आत्मबल बढाउन जरुरी देखेर नै टीका लगाइदिने व्यवस्था गरिदिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *