अस्ट्रेलियाले जित्यो अन्तिम ट्वान्टी ट्वान्टी

अस्ट्रेलियाले तेस्रो तथा अन्तिम वान डेमा मंगलबार भारतलाई १२ रनले हराएको छ । घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला भारतको पक्षमा २–१ रह्यो ।

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनायो । त्यसमा म्याथ्यु वेडले सर्वाधिक ८० रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले ५४ रन जोडे । जवाफमा भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

भारतीय कप्तान विराट कोहलीले ८५ रन बनाए पनि टिमलाई जितसम्म पुर्‍याउन सकेनन् । पाहुना टिमका अन्य कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *