अस्ट्रेलियाका महान्यायाधिवक्ताद्वारा बलात्कार आरोप अस्वीकार

अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले आफूमाथि लगाइएको बलात्कार आरोप अस्वीकार गरेका छन् । ५० वर्षीय पोर्टरले ३३ वर्षअघि आफूलाई बलात्कार गरेका एक महिलाले आरोप लगाएकी थिइन् ।

अस्ट्रेलियाको महान्यायाधिवक्ता केन्द्र सरकारको वरिष्ठ मन्त्री रहने व्यवस्था छ । पोर्टरले सन् १९८८ मा १६ वर्षकी युवतीलाई बलात्कार गरेका भन्दै एक पत्र गतसाता प्रधानमन्त्री स्कट मरिसनलाई पठाइएको थियो । पोर्टरले आरोपित व्यक्ति आफू भएको सार्वजनिक गर्दै प्रधानमन्त्रीसहित केही सांसदलाई पठाइएको पत्रको खण्डन गरेका हुन् ।

उक्त पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि पोर्टरले बुधबार पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेका हुन् । ती महिलाले भने करिब एक वर्षअघि नै आत्महत्या गरिसकेकी छन् । उनले केही समय पहिले न्यु साउथ वेल्स प्रहरीमा यसबारे उजुरी दिएकी सञ्चारमाध्यमले जनाएका छन् । तर उनको मृत्युपछि उक्त मुद्दाको छानबिन बन्द गरिएको थियो । बुधबार पश्चिम अस्ट्रेलियाको पर्थमा पत्रकार सम्मेलन गर्दै महान्याधिवक्ता पोर्टरले प्रहरीले घटनाको अनुसन्धान गरिरहेका कारण मिडियामा आउन उचित नठानेको बताए । बीबीसीका अनुसार न्यु साउथ वेल्स प्रहरीले आवश्यक प्रमाण नभएका कारण उक्त घटनाको छानबिन बन्द गरेको मंगलबार जनाएको थियो ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *