अमेरिकी सिनेटमा देखाइयो संसद्‍मा आक्रमण गरेको भिडियो

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगका सुनुवाइका क्रममा डेमोक्रेटिक सिनेटरहरुले ट्रम्प समर्थहरुले अमेरिकी कंग्रेसमा गरेका आक्रमणसम्बन्धी नयाँ भिडियोहरु देखाएका छन् ।

ट्रम्प समर्थकहरुले जनवरी ६ मा वासिङ्टनस्थित अमेरिकी संसद् भवनमा आक्रमण गरेका थिए । अमेरिकामा नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको ट्रम्पको दाबीपछि त्यसको विरोधमा उनका समर्थहरुले क्यापिटल हिलमा आक्रमण गरेका थिए ।

आक्रमणअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई ‘हिंसाका लागि उक्साएका’ भन्दै उनीविरुद्ध महाभियोग लगाउनुपर्ने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले पारित गरिसकेको छ ।

ट्रम्प समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस क्रममा केही सांसदहरु भवनभित्र लुक्न बाध्य भएका थिए । एक महिना लामो खोजबिनपछि संसद् भवनमाथि आक्रमण गरेको आरोपमा २ सय जनाभन्दा बढीलाई मुद्दा चलाइएको अधिकारीहरुले जनाएका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *