उहाँका छोराले सोमबार नै विज्ञप्तिमार्फत उक्त जानकारीको पुष्टि गर्नुभएको अमेरिकामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उहाँ अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति हुनुहुनथ्यो । त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि हुनुभएको थियो ।
पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उहाँको सोमबार निधन भएकाे उहाँको परिवारले जनाएको छ । उहाँ उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर हुनुहुन्थ्यो । उहाँ १२ वर्षसम्म अमेरिकाको सिनेटर हुनुभएको थियो । अमेरिकाको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उहाँले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गर्नुभएको थियो ।