अमेरिका पस्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने

अमेरिका उडान गर्न चाहने यात्रुहरूले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने भएको छ ।

त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिनअगाडिको हुनुपर्ने पनि अधिकारीहरूले जनाएका छन् । यात्रा अनुमति (बोर्डिङ) पास लिनुअगाडि नै कोरोनासम्बन्धी रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको हो । यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनुपर्ने व्यवस्था अमेरिकी वा गैरअमेरिकी सबै नागरिकलाई लागू हुने जनाइएको छ ।

अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्रका अनुसार यस्तो व्यवस्था जनवरी २६ देखि कार्यान्वयनमा आइसकेको छ । ‘दुई वर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोना भाइरसबाट संक्रमित नभएको वा भाइरसबाट संक्रमणमुक्त भइसकेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राज्य विभागद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

यस्तो प्रमाण पेस गर्न नसक्नेहरूलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरूले स्पष्ट पारेका छन् । ‘यदि तपाईंले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनुभएको छ भने तपाईंले बढीमा तीन दिनअगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *