अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ ।साङ्घाईमा ७० हजार कलाकृति राखिएको एउटा सङ्ग्राहलय छ । ती सबै कलाकृति एउटै व्यक्तिलाई समर्पित छन्- जनताका वैज्ञानिक अर्थात् चियाङ स्वीजनलाई।

चियाङ चीनको क्षेप्यास्त्र र अन्तरिक्ष कार्यक्रमका पिता हुन्।उनको अनुसन्धानले चीनको पहिलो भू-उपग्रह अन्तरिक्षमा पठाउने रकेट विकास गर्न र आणविक हतियारको रूपमा क्षेप्यास्त्र बनाउन सहयोग गर्‍यो।

अनि उनी राष्ट्रिय नायकका रूपमा स्थापित भए।तर अर्को महाशक्ति, जहाँ उनले अध्ययन र एक दशकभन्दा बढी काम गरे, त्यहाँ उनको महत्त्वपूर्ण योगदानलाई बिरलै याद गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *