अमेरिकामा शुक्रबार आएको आँधीबाट छ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि छ जनाको ज्यान गएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको छ । आँधीबाट ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका छन् । अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते पनि भएका छन् ।
आँधीबाट कैयौँ घरमा क्षति पुगेको छ । केही घर आँधीले भत्काइदिएको छ । त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ । अलाबामामा शुक्रबार बिहान आएको आँधीले ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ ।
त्यसैगरी दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ । त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो । यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *