अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन्।संसद्‌मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ।सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *