अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् ।
अफगान वायुसेनाको मद्दत लिएर गरिएको त्यस कारबाहीबाट लडाकू समूहका सवारी साधन र हातहतियार बरामद गरिएको मन्त्रालयले जनाएको छ । सयौं सशस्त्र तालिबानी लडाकूले हालैका दिनहरुमा बाघलानलाई कब्जामा लिने उद्देश्यले आक्रमण गरिरहेका थिए । तर स्थानीय सेनालाई मद्दत गर्न थप सैनिक परिचालन गरी स्थिति नियन्त्रणमा लिएको सरकारको भनाई छ ।
उक्त घटनाका बारेमा तालिबान विद्रोहीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
नेटो र संयुक्तराज्य अमेरिकी सेनाले अफगानिस्तान छाड्नै लाग्दा युद्धग्रस्त अफगानिस्तानमा हिंसाका घटनामा लगातार वृद्धि भएका छन् । 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *