अफगानिस्तान पुग्ने भारतको गहुँ

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ धेरै प्रकारका संकटहरू देखा परेका छन् । एकातिर देशमा आर्थिक संकट छ भने खाद्यान्न पनि उचित परिमाणमा उपलब्ध हुन सकेको छैन । यस्तो अवस्थामा भारतबाट अफगानिस्तानमा गहँ पुग्ने आशा छ । यो गहँ अर्को महिना अर्थात फरवरीदेखि पाकिस्तान हुँदै अफगानिस्तान पुग्नेछ । वास्तवमा, समस्याग्रस्त अफगानिस्तानमा गहँको ढुवानीका लागि इस्लामाबादसँग धेरै महिनादेखि छलफल भइरहेको थियो अन्ततः दुई देश सर्तका आधारमा सहमतिमा पुगेका छन् ।

भारतले पाकिस्तान हुँदै सडक यातायातमार्फत अफगानिस्तानमा ५० हजार टन गहुँ र औषधि पठाउने घोषणा गरिसकेको छ कूटनीतिक स्रोतका अनुसार, ढुवानी फरवरीदेखि शुरु हुनेछ । मापदण्डअनुसार पहिलो खेपको ३० दिनभित्र कुल परिमाण ढुवानी गरिसक्नुपर्छ । वास्तवमा, पाकिस्तानले संयुक्त राष्ट्र संघको ब्यानरमा आफ्ना ट्रकहरू मार्फत काबुलमा मानवीय सहायता पुयाउन चाहन्छ । यस विषयमा भारतबाट खाद्यान्न भारतीय वा अफगान ट्रकमा अफगानिस्तान पठाउनुपर्ने भनिएको थियो। त्यसपछि पाकिस्तानले अफगान ट्रकहरूद्वारा गहुँ ढुवानी गर्ने सहमति गयो र अफगान ठेकेदारहरूको सूची पाकिस्तानसँग साझा गरियो ।

भारतले गत वर्ष अक्टोबर ७ मा पाकिस्तानलाई प्रस्ताव पठाएको थियो । यसले पाकिस्तान हुँदै अफगानिस्तानका जनताका लागि ५० हजार टन गहँ र जीवन बचाउने औषधि पठाउन ट्रान्जिट सुविधा मागेको थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले अफगानिस्तानका जनतालाई खाद्यान्न, कोभिड भ्याक्सिन र जीवन बचाउने अत्यावश्यक औषधिलगायत मानवीय सहायता उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । उनले विगत केही दिनमा ३.६ टन स्वास्थ्य सामग्री र ५ लाख डोज कोभिड भ्याक्सिन उपलब्ध गराएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *