५० भन्दा बढीमा कोरोना देखिएपछि चीनको सिजियाचुवाङ सहरमा लकडाउन

बुधबार ५० जनामा  कोरोना पुष्टि भएपछि चीनले एउटा सहरमा पूर्ण लकडाउन गरेको छ । चीनले करिब १ करोड ३ लाख ९० हजार जनसंख्या रहेको सिजियाचुवाङ सहरमा पूर्ण लकडाउन गरेको हो ।

सहरका सबै विद्यालय बन्द गरिएका छन् भने त्यहाँका नागरिकलाई सहर छाड्न प्रतिबन्ध लगाइएको छ । सिजियाचुवाङमा जम्मा ८३ वटा सक्रिय केस रहेको चिनियाँ सञ्‍चार माध्यमले जनाएका छन् ।

सहरका सबै नागरिकको परीक्षण होस् भनेर ५ हजारभन्दा बढी परीक्षण केन्द्र तयार पारिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

५ महिनापछि चीनमा यो संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । चीनले पछिल्ला केही महिनादेखि कतै संक्रमण देखिए तत्काल लकडाउन गर्ने र सबैको परीक्षण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *