होटलमा दस वर्षसम्म ‘बँधुवा मजदुर’

दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना ।भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । तर, यस्तो नियति भोग्ने कुनै भारतीय होइनन् । नेपाली हुन्, कास्कीको बूढीखोला, रामकोटका ४० वर्षीय मंगलबहादुर सुनार ।उनलाई जयपुरस्थित विक्रमादित्य मार्गको संगम भोजनालयका सञ्चालकले दस वर्षसम्म बँधुवा मजदुर बनाएर राखेका हुन् । बालश्रमविरुद्धका अभियन्ता कैलाश सत्यार्थीको संस्था ‘बचपन बचाओ’ले होटलमा बालश्रमिकहरू रहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग मिलेर अघिल्लो सोमबार त्यहाँ छापा मारेको थियो । प्रहरीले सुनारलाई उद्धार गरेर हाल त्यहीँकै एक स्थानीय आश्रय केन्द्रमा राखेको छ ।

उद्धारपछि ‘बचपन बचाओ’का स्थानीय प्रतिनिधि देशराज सिंहले होटल मालिक शिवशंकर बर्मा भोडीलालविरुद्ध सुनारलाई बिनातलब काममा लगाएको र यातना दिएको भन्दै एफआईआर दायर गरेका छन् । त्यसकै आधारमा प्रहरीले भोडीलाललाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *