सीमामा तनाव कम गर्न भारत‍-चीन विदेशमन्त्रीबीच सहमति

गोली हानाहान र अपहरणको आरोपपछि भारत र चीनले सीमा क्षेत्रमा जारी द्वन्द्वको स्थितिबाट “छिटो पछाडि हट्ने” सहमति गरेका छन् ।दुई देशका विदेशमन्त्रीहरूबीच बिहीवार मस्कोमा भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको थियो ।बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा बेलाबेलामा द्वन्द्व हुने गरेको छ।

दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र कुनै कुनै भिडन्तका घटनाहरू घातक समेत भएका थिए।एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले ‘अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको’ बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *