सहमतिबारे स्थायी कमिटी बैठकमा किन मौन बसे ओली ?

मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीपछि जटिल र गम्भीर मोडमा पुगेको नेकपा विवाद बुधबार साँझसम्म आउँदा केही शान्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन र अर्का अध्यक्ष पुष्पकमल दाहाल विशेष अधिवेशन बोलाउन निवेदन दर्ता गर्ने निर्णयबाट पछाडि हटेपछि नाटकीय रुपमा विवाद केही शान्त जस्तो देखिएको छ ।

तर, यति महत्वपूर्ण निर्णयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने स्थायी कमिटी बैठकमा सुनाएनन् । ओली र दाहालबीचको सहमतिलाई वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले पनि शंकाको दृष्टिले हेरेका छन् ।

नेकपा विवाद अचानक शान्त हुनुको कारण बुझ्न दिनभर भएका घटनाक्रमतर्फ जानुपर्ने हुन्छ । दिउँसो एक बजे स्थायी कमिटी बैठक बोलाइएको थियो । एक नेताका अनुसार बैठक अगाडि नै ओलीले संवादका लागि भन्दै दाहाललाई ‘आज फाइनल कुरा गरौं, तपाईं आउनुस्’ भनेर बालुवाटार बोलाएका थिए । त्यसैअनुसार दाहाल साढे १२ बजे बालुवाटार पुगेका थिए ।

ओली र दाहालबीच साढे १२ बजे नै पहिलो चरणको संवाद भएको थियो । ती नेताका अनुसार ओली र दाहालबीच पहिलो संवाद सकारात्मक भएको थिएन । ओली र दाहालको संवादलाई नजिकबाट हेरेका सचिवालयका ती नेताका अनुसार पहिलो संवाद सकारात्मक नभएपछि दाहाल बैठक चलाउन हलमा आएका थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *