सरकारका गलत अभ्यासका विरुद्ध सडकमा आउनुपर्‍यो : नेता पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका गलत अभ्यासका विरुद्ध कांग्रेस सडकमा आउनुपरेको बताएका छन् ।

काठमाडौं जिल्ला समितिद्वारा सोमबार आयोजित विरोध प्रदर्शनमा नेता पौडेलले अहिलेको सरकारले सबै सत्ता आफ्नो हातमा लिँदै आफ्ना मान्छे पोस्ने काम गरेको आरोप लगाए ।

उनले कम्युनिस्ट सरकारकै पालामा भ्रष्टाचार बढेको, असुरक्षा र पक्षपात बढेको बताए । ‘कम्युनिस्ट वर्गलाई मुद्दा, कानुन नलाग्ने । कम्युनिस्टले राज्यको ढुकटी मासेर कार्यकर्ता पालिरहेको छन्,’ विरोध सभामा बोल्दै नेता पौडेलले भने, ‘अहिले लोकतन्त्रको धज्जी उडाउने काम भइरहेको छ । सत्ताको दुरुपयोग भइरहेको छ ।’

लामो संघर्षबाट आएको लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरू अलोकतान्त्रिक बनेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *