गत ९ जनवरी गोरूबथानको पोख्रेबुङ्ग अन्तर्गत स्थित पुबुङ्गमा बिमलपन्थी समर्थक सलिम सुब्बाले स्थानीय समाजसेवी श्री पेमा योन्जन माथि जुन झुठो आरोप लगाउने षडयन्त्र गर्यो यस बिषयसंग असन्तुष्ट बनेर गोजमुमो बिमल गुरूंगपन्थी माङजिङ शाखा सभापति मिलन लामा, समष्टि कार्यकारी प्रकाश प्रकाश लामा, बिध्यार्थी मोर्चा सचिव अमृत लामा आदिले गोजमुमो बिमल खेमाको साधारण सदस्यताबाट नै राजीनामा दिएका छन्।स्मरण रहोस गत ९ जनवरीको दिन सलिम सुब्बाले मतपान पिएर,पेमा योञ्जनको गाडीलाई हिर्काएर गएका थिए।यस बिषयमा समाजसेवी श्री पेमा योन्जनले फोन गर्दा सलिम सुब्बाले कुरा मिलाउनु मेरो घरमा नै आउनु भनेर पेमा योन्जन लगायत उनको साथीहरूलाई बोलाएर त्यहाँ पुग्दा सलिम सुब्बा अनि उनको साथीहरुले समाज सेवी पेमा योन्जनमाथी प्राणघातक हमला गरेका थिए। मदपान पिएर झ्याप बनेका सलिमलाई गाउलेहरु अनि उसको आमा र पत्नीले समातेर घरभित्र लिएर जाने क्रममा उसले आमा र पत्नीलाई ढकेल्दा उनीहरुलाई पनि चोट पटक लागेको छन्। तरपनी गाउलेहरुको सहयोगमा सलिमलाई घरभित्र थुनी दिए। त्यसपछि सलिम सुब्बाले आफ्नो घर स्वयं भत्काउन् थाले, चोटग्रस्तबनेकी उसको आमा र श्रीमतीलाई पनि रोई रहेका थिए। त्यसपछि राजनैतिक शत्रुता प्रकट गर्दै यो घटनामा सम्पुर्ण दोष पेमा योन्जन र उनको साथीहरू माथी थोपेको थियो भनेयो झुठो कुरालाई गोजमुमो बिमल गुरूंग खेमाले पनि नचाहिंदो प्रकारले प्रचार गरिरहेका छन्। तर पेमा योन्जन लगायत उनको साथीहरूको यस ठाउमा आज सम्म कुनै नराम्रो रेकर्ड छैन। यो दोष उनलाई राजनीतिले प्रेरित बनेर सलिम सुब्बाले लगाएको हो भन्दै गोजमुमो बिमलपन्थी प्रतिनिधिहरूले घोर बिरोध जनाउदै आज गोजमुमो बिमल गुरूंग खेमाका साधारण सदस्यताबाट पनि राजीनामा दिएका छन्।