सडक किनारमा रहेको डम्परले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घटना माथाभाङ्गाको मदरसा चौपाथी क्षेत्रमा भएको हो । घटनाले सो क्षेत्रमा शोकको वातावरण छ । माथाभाङ्गा-सिलगढी राज्य मार्ग १६ मा पार्किङ गरेको डम्परको पछाडिबाट मोटरसाइकलमा सवार तीन जनाको मोटरसाइकल ठोक्किएको जानकारी प्राप्त भएको छ । मोटरसाइकल चालकसहित दुईजना घटनास्थलमै खसेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो । सबै माथाभाङ्गाको वडा नम्बर ९ का बासिन्दा हुन् । दुर्घटना लगत्तै स्थानीयवासीले घटनास्थलमा पुगेर घाइतेहरुलाई बाहिर निकालेर माथाभाङ्गा डिभिजन अस्पताल पुर्याएका थिए । गम्भीर घाइते दुई जनालाई प्राथमिक उपचारपछि कुचबिहार मेडिकल कलेज र अस्पतालमा रिफर गरिएको छ। घटनाबारे माथाभाङ्गा प्रहरी चौकीले अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा रामकृष्ण बर्मन र घाइते हुनेमा स्वपन पटनायक र सुशान्त बर्मन रहेका छन् ।
Related Posts
सिलगढी नगर निगमले नेताजी जयन्ती मनाएको छ
- Priyanka Bhowmick
- January 23, 2023
- 0
नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्तीको अवसरमा देशभरका साथै सिलगढीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा सिलगढी नगरपालिकाको तर्फबाट मेयर गौतम देवले सिलगढीको हाथी मोडमा […]
चक्रवात असानी तीव्र हुँदै जाँदा, आईएमडीले 3 राज्यहरू (आन्ध्र, ओडिशा र पश्चिम बंगाल) को लागि चेतावनी दिन्छ
- Editor
- May 9, 2022
- 0
भारतको मौसम विज्ञान विभागले आइतबार साँझ चक्रवात असनी तीव्र रूपमा शक्तिशाली चक्रवाती आँधीमा परिणत भएको जनाएको छ। मौसम विभागले आन्ध्र प्रदेश, पश्चिम बंगाल र ओडिशाका […]
बाङ्गिया हिन्दु महामञ्चले पर्खाल, नाला र सिढीको छेउमा देवताको तस्बिर राख्ने विरोध गरेको छ
- Priyanka Bhowmick
- June 6, 2023
- 0
बाङ्गिया हिन्दू महामञ्चले सिलगढीका विभिन्न इलाकामा भित्ताहरू, नालीहरू र सिढीहरूमा देवताहरू र हिन्दू देवी-देवताहरूको तस्बिर टाँसेको विरोधमा र्याली निकाल्यो। यो र्याली सिलगढीको हाश्मी चोकबाट सिलगढी […]