संसद् विघटनविरुद्ध जसपाले पुस ८ गते देशव्यापी प्रदर्शन गर्ने

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले पुस ८ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै त्यसकोविरूद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

जसपाले थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *