वुहानमा क्‍वारेन्टाइन अवधि सकेर कोरोना उत्पत्तिबारे अनुसन्धान गर्दै डब्लूएचओ टोली

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को टोलीले क्वारेन्टाइन अवधि पूरा गरेको छ  ।

माघ १ गते चीनको वुहान पुगेको डब्लूएचओको टिमले अब फिल्डमा गएर कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने समाचार संस्था एपीले जनाएको छ ।

दस जना वैज्ञानिकहरूको टोलीले विभिन्न अनुसन्धान संस्था, अस्पताल र माछाबजारका मानिसहरूसँग अन्तर्वार्ता गर्ने जनाइएको छ । चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरदेखि कोरोना भाइरसको महामारी फैलिएको बताइएको छ । टोली प्रमुख पिटर बेन एम्बरेकले ‘वास्तवमा के भएको थियो भन्नेबारे थाहा पाउनका लागि यो निकै लामो यात्रा तय गर्नुपर्ने’ बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *