विश्व स्वास्थ्य संगठनले भन्यो–अस्ट्राजेनेका खोप सुरक्षित

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेको कोरोना भाइरसविरुद्धको अस्ट्राजेनेका खोप सुरक्षित रहेको जनाएको छ ।

खोपका कारण रक्तनलीमा रगत जम्ने (ब्लड क्लट) समस्या देखिएको कतिपय देशको दाबीविपरीत डब्लूएचओका विज्ञहरूले खोप सुरक्षित रहेको दाबी गरेका हुन् । त्यसैगरी, अस्ट्राजेनेका कम्पनी र युरोपेली औषधि नियामक निकाय (ईएमए) ले पनि उक्त खोप सुरक्षित रहेको बताउँदै ‘खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा सत्यता नरहेको’ जनाएका छन् ।

डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले सर्वसाधारणलाई ‘नआत्तिन र अस्ट्राजेनेका खोप लगाउने कार्यलाई निरन्तरता दिन’ आग्रह गरेकी छन् । ‘अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन,’ उनले भनिन् ।

डब्लूएचओ र ईएमएका विज्ञहरूले अस्ट्राजेनेका खोप अभियानसँग सम्बन्धित विवरणको अलग–अलग अध्ययन गर्ने बताएका छन् । ईएमएले अस्ट्राजेनेका खोपबारे विभिन्न देशहरूले गरेको दाबीबारे निर्णय लिन दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *